body1
after_navbar

ज्ञान ज्योती ‘नेपाल टप’


श्रावण २१, २०८२



दाङ, २० साउन । दाङको तुलसीपुरस्थित ज्ञान ज्योति माध्यमिक विद्यालयले कक्षा १२ को परीक्षामा ऐतिहासिक सफलता हासिल गरेको छ । विद्यालयले जिल्लामात्र होइन, देशभरकै ध्यान खिच्न सफल भएको छ।

ad

राष्ट्रिय परीक्षा बोर्डले सोमबार सार्वजनिक गरेको नतिजाअनुसार विज्ञान संकायतर्फ विद्यालयका छात्र कृष्ण गिरीले ३.९६ GPA हासिल गरी नेपालभरि प्रथम स्थान प्राप्त गरेका छन्। यो सफलता ज्ञान ज्योतिमात्र होइन, दाङ र लुम्बिनी प्रदेशका लागि गर्वको विषय बनेको छ।

ad

त्यस्तै, व्यवस्थापन संकायतर्फ सन्दीप वलीले ३.९० GPA ल्याउँदै दाङ जिल्लामै शीर्ष स्थान हात पार्न सफल भएका छन्।

ad

विद्यालयका भाइस प्रिन्सिपल मनोज कुमार केसीका अनुसार, यो उल्लेखनीय सफलता विद्यालयको शैक्षिक उत्कृष्टता र विद्यार्थीहरूको कडा मेहनतको प्रतिफल हो।

ad

विद्यालयका सिइओ सुरेन्द्र जिसीले सफलताको श्रेय विद्यालयको दृढ नेतृत्व, कुशल व्यवस्थापन, अनुभवी शिक्षकहरूको समर्पण, साथै अनुशासित र प्रतिभाशाली विद्यार्थीहरूको निरन्तर प्रयासलाई दिएका छन्।

ज्ञान ज्योति माविले कक्षा ११–१२ पछि उच्च शिक्षा तहमा समेत BBA, BSc CSIT, BCA, BSc, BBS, BA लगायतका कार्यक्रमहरू अत्याधुनिक सुविधासहित सञ्चालन गर्दै आएको छ।

लुम्बिनी प्रदेशसहित पश्चिम नेपालकै एक अग्रणी शैक्षिक संस्थाका रूपमा परिचित ज्ञान ज्योति माविले विगत वर्षहरूमा पनि विभिन्न संकाय र तहमा उल्लेखनीय नतिजा ल्याउँदै आएको छ।

प्रतिक्रिया दिनुहोस


© 2024 Pradesh Kura. All rights reserved.

Powered By : Clock b Business Technology

data-href="