after_navbar

विद्यालय हिँडेका दाजुबहिनी छ दिनपछि मृत फेला


श्रावण २१, २०८२


काठमाडौँ,२० साउन । छ दिनदेखि बेपत्ता रहेका दाजुबहिनी मृत फेला परेका छन् । ताप्लेजुङको याङवरक गाउँपालिका–१ बिरुवाका नाबालक दाजुबहिनी मृत अवस्थामा फेला परेका हुन् ।

ad

साउन १५ गते बिहान विद्यालय जान भनेर घरबाट निस्किएका बिर्खबहादुर राईका १० वर्षीय छोरा शिशिर र ६ वर्षीया छोरी नानुमा राईको शव साउन २0 गते मंगलबार बिहान बिरुवा खोलामा फेला परेको हो।

वडाध्यक्ष राजेन्द्र खालिङ राईका अनुसार उनीहरूको शव खोलाको किनारमा करिब २०० मिटरको दूरीमा फेला परेको थियो।

बालबालिका बेपत्ता भएको खबर ढिलो गरिएकाले खोजी कार्य पनि २४ घण्टापछि मात्र सुरु गरिएको वडाध्यक्ष खालिङले जानकारी दिए। खोजीका लागि जिल्ला प्रहरी कार्यालयको टोली सोमबार च्याङथापू पुगेको थियो।

मृतक शिशिर पूर्ण आधारभूत विद्यालय बिरुवामा कक्षा ४ मा र नानुमा कक्षा १ मा अध्ययनरत थिए।

वडाध्यक्षका अनुसार साउन १५ गते बिहान करिब ६ बजे बाबु बिर्खबहादुरले छोराछोरीलाई हजुरआमाकहाँ गएर खाना खाई विद्यालय जानू भनेर पठाएका थिए। तर, हजुरबुबा–हजुरआमाले ती बालबालिका बाबुसँगै छन् भन्ने ठानेर दिनभरि आफ्ना काममा व्यस्त रहे।

बेलुका करिब ७ बजेतिर पनि नातिनातिनी नआएपछि हजुरबुबा सूर्यबहादुरले बिर्खबहादुरलाई फोन गरेर सोधपुछ गरेका थिए। त्यसपछि मात्र उनीहरू दुवै तर्फका घरमा नरहेको थाहा पाइएपछि साउन १६ गते बिहानदेखि खोजी थालिएको हो।

मृतक बालबालिकाकी आमा वैदेशिक रोजगारीमा रहेको बताइएको छ।

जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रहरी नायब उपरीक्षक ९डिएसपी० कौशलकुमार बुढाथोकीले घटनाका सम्बन्धमा अनुसन्धान भइरहेको जानकारी दिए। उनका अनुसार शव परीक्षणका लागि जिल्ला अस्पताल लैजाने तयारी भइरहेको छ।

प्रतिक्रिया दिनुहोस


© 2024 Pradesh Kura. All rights reserved.

Powered By : Clock b Business Technology

data-href="