after_navbar

तुलसीपुरमा स्कुल बस र स्कुटर ठोक्किँदा एक वृद्द घाइते


श्रावण २१, २०८२


दाङ,२० साउन । दाङको तुलसीपुरमा स्कुल बस र स्कुटर ठोक्किँदा एक वृद्ध घाइते भएका छन् ।

ad

तुलसीपुर उपमहानगरपालिका–६ स्थित गुल्म चोकमा स्कुल बस र स्कुटर एक आपसमा ठोक्किँदा एक जना वृद्ध घाइते भएका हुन् ।

मंगलबार दिउँसो करिब ३:२० बजे संस्कार पाठशालाबाट विद्यार्थी छोड्न निस्किएको लु.प्र.०६-०२-०१ क ०१३६ नम्बरको स्कुल बस र विपरीत दिशाबाट आइरहेको रा.६.प ९१ नम्बरको स्कुटर ठोक्किँदा तुलसीपुर–७ निवासी ६३ वर्षीय खगेश्वर पराजुली घाइते भएका हुन्।

घाइते पराजुलीको दुबै खुट्टामा सामान्य चोट लागेको र उपचारका लागि राप्ती प्रादेशिक अस्पताल तुलसीपुर लगिएको थियो। प्रारम्भिक उपचारपछि उनलाई अस्पतालबाट डिस्चार्ज गरिएको प्रहरीले जनाएको छ।

दुर्घटना भएको स्थलमा प्रहरी निरीक्षक विष्णु बस्नेतको कमाण्डमा खटिएको टोलीले आवश्यक कारबाही र अनुसन्धान थालेको छ। दुबै सवारी साधनमा क्षति पुगेको जनाइएको छ।

प्रतिक्रिया दिनुहोस


© 2024 Pradesh Kura. All rights reserved.

Powered By : Clock b Business Technology

data-href="