दाङ,२१ साउन । करेन्ट लागेर चितवनमा एउटा भाले गैँडाको मृत्यु भएको छ । माडी नगरपालिका–२ भैरवपुरमा करेन्ट लागेर करिब २० वर्षको गैँडा मरेको हो ।
चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी अविनास थापा मगरका अनुसार आज बुधबार बिहान ९ः३० बजे गैँडा धानबारीमा करेन्ट लागेर मरेको अवस्थामा भेटिएको हो ।
गैँडाको खाग, खुर सुरक्षित रहेको उनले जानकारी दिए । कसले कुन प्रयोजनका लागि धानबारीमा विद्युतीय करेन्ट छोडेको हो भन्ने विषयमा अनुसन्धान सुरु गरिएको उनले बताए ।
© 2024 Pradesh Kura. All rights reserved.
Powered By : Clock b Business Technology
प्रतिक्रिया दिनुहोस