after_navbar

रातभर रुखमा बाँधेर राखिएका सोरेनको मृत्युः चारजना पक्राउ


श्रावण २२, २०८२


झापा, २१ साउन । रातभर रुखमा बाँधेर राखिएका एक व्यक्तिको ज्यान गएको छ । झापा गाउँपालिका–१ लसुनामा मादक पदार्थ सेवन गरी छिमेकीको घर ६० वर्षीय जतन सोरेनको ज्यान गएको हो ।

ad

रुखमा बाँधेर राखेको आरोपमा प्रहरीले चारजनालाई पक्राउ गरेको छ । सो घटनामा संलग्न फरार व्यक्तिको खोजी भइरहेको छ ।

मंगलबार राति करिब १०ः३० बजे सोरेन मादक पदार्थ सेवन गरेको अवस्थामा छिमेकी महादेव टुडूको घर पुगेका थिए। त्यहाँ पुगेर उनी काम्न थालेपछि महादेव टुडू र अन्य स्थानीय व्यक्तिले उनलाई घर नजिकैको आँपको रुखमा प्लास्टिकको डोरीले बाँधेर राखेका थिए।

बुधबार बिहान करिब ४ बजेतिर सोरेन मृत अवस्थामा फेला परेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए। इलाका प्रहरी कार्यालय कुमरखोदबाट घटनास्थल पुगेको टोलीले चार जनालाई पक्राउ गरेको हो।

पक्राउ पर्नेमा मृतकका छोरा २७ वर्षीय अनतलाल सोरेन, ५० वर्षीय महादेव टुडू, २० वर्षीय लुखिराम टुडू र २१ वर्षीय लखिराम टुडू रहेका छन्। सबै झापा गाउँपालिका–१, लसुनाका स्थायी बासिन्दा हुन्।

प्रहरीका अनुसार उनीहरूलाई थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय झापा पठाइएको छ। घटनामा संलग्न अन्य फरार व्यक्तिहरूको खोजी कार्य जारी रहेको र थप अनुसन्धानका लागि प्रहरी निरीक्षकको नेतृत्वमा अर्को टोली घटनास्थलमा परिचालित गरिएको डीएसपी खगेन्द्र खड्काले जानकारी दिएका छन्।

प्रतिक्रिया दिनुहोस


© 2024 Pradesh Kura. All rights reserved.

Powered By : Clock b Business Technology

data-href="