काठमाडौँ, २१ साउन । लोकगायक पशुपति शर्मा सवार कार स्याङ्जामा दुर्घटनामा परेको छ । पोखराबाट वालिङतर्फ जाँदै गरेको ग १ च ४१७१ नम्बरको कार स्याङ्जाको भीरकोट नगरपालिका–२ स्थित सिद्धार्थ राजमार्गमा दुर्घटनाग्रस्त भएको हो ।
जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रमुख प्रहरी उपरीक्षक ९एसपी० दधिराम न्यौपानेका अनुसार, कारमा गायक शर्मासहित चार जना सवार थिए । उनीहरू सबै सामान्य घाइते भएका छन् र अहिले नजिकैको स्वास्थ्य संस्थामा उपचार भइरहेको जनाइएको छ ।
दुर्घटनामा कारको अगाडिको भागमा ठूलो क्षति पुगेको छ । प्रारम्भिक अनुसन्धानअनुसार तीव्र गतिका कारण कार अनियन्त्रित भई दुर्घटना भएको हुनसक्ने अनुमान गरिएको छ ।
© 2024 Pradesh Kura. All rights reserved.
Powered By : Clock b Business Technology
प्रतिक्रिया दिनुहोस