after_navbar

बलात्कारको आरोपमा रास्वपाका गाउँपालिका सभापति पक्राउ


श्रावण २२, २०८२


काठमाडौँ,२१ साउन । बलात्कारको आरोपमा राष्ट्रिय स्वतन्त्र पार्टीका गाउँपालिका सभापति पक्राउ परेका छन्। सोलुखुम्बुको लिखुपिके गाउँपालिका २ का रामचन्द्र बस्नेत बलात्कारको आरोपमा पक्राउ परेका हुन् ।

ad

लिखुपिके गाउँपालिकाका रास्वपा गाउँ सभापति समेत रहेका बस्नेतलाई प्रहरीले काठमाडौंको वनस्थलीबाट पक्राउ गरेको हो।

बलात्कारको आरोप लागेपछि फरार उनलाई प्रहरीले सोमबार पक्राउ गरेको सोलुखुम्बु प्रहरीले जनाएको छ।

जिल्ला प्रहरीका सूचना अधिकारी प्रहरी निरीक्षक विकास राईले दिएको जानकारी अनुसार बस्नेतमाथि फरक क्षमताकी महिलालाई बलात्कार गरेको आरोप छ।

२०८१ साल साउन ६ गतेको उक्त घटनापछि उनी फरार थिए।

घटनाको वर्षदिन भन्दा बढी समय बितेपछि पक्राउ परेका उनलाई काठमाडौंबाट सोलु ल्याएर बुधबार सात दिनका लागि अदालतबाट म्याद थपिएको प्रहरी निरीक्षक राईले जानकारी दिए।

प्रतिक्रिया दिनुहोस


© 2024 Pradesh Kura. All rights reserved.

Powered By : Clock b Business Technology

data-href="