काठमाडौँ, २२ साउन। बागमती प्रदेश सरकारले गाईजात्राको अवसरमा आउँदो आइतबार (साउन २५ गते) सार्वजनिक बिदा दिने निर्णय गरेको छ।
प्रदेशको आन्तरिक मामिला तथा कानून मन्त्रालयले सूचना जारी गर्दै आइतबार बागमती प्रदेशभर सार्वजनिक बिदा लागु हुने जानकारी दिएको हो।
बागमती प्रदेश राजपत्रको खण्ड (८), संख्या ३२, प्रदेश राजपत्र भाग ३, मिति २०८१–१२–२१ मा प्रकाशित सूचनाबमोजिम यही मिति २०८२–०४–२५ गते आइतबार गाईजात्राको अवसरमा बागमती प्रदेशभर सार्वजनिक बिदा दिने निर्णय भएको जानकारी गराइन्छ।’ सूचनामा उल्लेख छ ।
गाईजात्रा नेवारी समुदायको प्रमुख सांस्कृतिक पर्व हो । यस पर्व प्रत्येक वर्ष भाद्र कृष्ण प्रतिपदाका दिन मनाइन्छ। यस दिन दिवंगत आत्माको सम्झनामा विभिन्न कार्यक्रम गरिन्छ।
© 2024 Pradesh Kura. All rights reserved.
Powered By : Clock b Business Technology
प्रतिक्रिया दिनुहोस