काठमाडौँ, २२ साउन। सर्लाहीको बलरा नगरपालिकामा भएको झडपमा छुरा प्रहारबाट तीन जना घाइते भएका छन्।
बलरा नगरपालिका–१ मा दुई समूहबीच मदिरा सेवनका क्रममा विवाद हुँदा झडप भएको हो। झडपको क्रममा एक समूहले अर्को समूहमाथि छुरा प्रहार गर्दा तीन जना घाइते भएका हुन्।
घाइते हुनेहरूमा सोही वडाका २५ वर्षीय धर्मवीर सहनी, १८ वर्षीय दशरथ सहनी र २५ वर्षीय अमित मण्डल रहेका छन्।
प्रहरीका अनुसार धर्मवीरको पेटमा, दशरथको घाँटीमा र अमितको दाहिने हातमा चोट लागेको छ। घाइते तीनै जनालाई उपचारका लागि बलरास्थित धुलिखेल अस्पताल पठाइएको छ।
छुरा प्रहार गरेको आरोपमा संलग्न व्यक्ति हाल फरार रहेको र उनीहरूको खोजी कार्य तीव्र पारिएको प्रहरीले जनाएको छ।
प्रहरी अनुसन्धानअनुसार छुरा प्रहारमा संलग्न भारतका अमन सिंह, विकास सिंह, अटल राय र अभिषेक सिंह रहेका छन्। घटनासम्बन्धी थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।
© 2024 Pradesh Kura. All rights reserved.
Powered By : Clock b Business Technology
प्रतिक्रिया दिनुहोस