after_navbar

मसोट खोलामा वैकल्पिक सडकमार्ग निर्माण, सवारी आवागमन पुनः सुरु


श्रावण २३, २०८२



दाङ, २२ साउन। दाङको लमही नगरपालिका क्षेत्रअन्तर्गत रहेको मसोट खोलाको पुल आकस्मिक रूपमा मर्मत गर्नुपर्ने भएपछि सवारी आवागमन प्रभावित भएको थियो। तर, वैकल्पिक सडक (डाइभर्सन) निर्माण गरी हाल सवारीसाधन सञ्चालनमा ल्याइएको छ।

ad

पुल मर्मतका लागि तत्काल सवारी रोकिएपछि खोलाको उत्तरतर्फ खाल्डा पुरी डाइभर्सन निर्माण गरिएको अस्थायी ट्राफिक प्रहरी पोष्ट लमहीका प्रमुख माधव रावतले जानकारी दिए। दुई पाङ्ग्रे साना सवारी साधन भने पुलबाटै सञ्चालन भइरहेको छ।

निर्माण गरिएको डाइभर्सन सडकको स्थलगत निरीक्षण र अनुगमन वडा प्रहरी कार्यालय लमहीका प्रमुख रोशन राज पाण्डेको नेतृत्वमा गरिएको हो। अनुगमन टोलीमा पत्रकारसहित ट्राफिक प्रहरी पनि सहभागी थिए।

प्रहरी प्रमुख पाण्डेका अनुसार हालको डाइभर्सनबाट ठूला सवारी साधन आवागमन सम्भव भए पनि निरन्तर वर्षा भएमा समस्यासमेत देखिन सक्छ। पानी परेमा खोलाको सतह बढेर डाइभर्सन बगाउने सम्भावना रहेकाले पुनः यातायात अवरुद्ध हुन सक्ने चेतावनीसमेत उनले दिए।

प्रतिक्रिया दिनुहोस


© 2024 Pradesh Kura. All rights reserved.

Powered By : Clock b Business Technology

data-href="