काठमाडौँ, २२ साउन।देशका ६ प्रदेशका २९ जिल्लामा गाईभैंसीमा लाग्ने ‘लम्पी स्किन’ रोग फैलिएको छ। पशुसेवा विभागका अनुसार हालसम्म २७ हजार ४२५ पशु संक्रमित भएका छन् भने ८४६ वटा पशुको मृत्यु भइसकेको छ।
लम्पी स्किन रोग कोशी, बागमती, लुम्बिनी, मधेस, कर्णाली र गण्डकी प्रदेशमा फैलिएको छ। सबैभन्दा धेरै संक्रमण कोशी प्रदेशमा देखिएको छ, जहाँ ११ जिल्लामा फैलिएको रोगका कारण २२ हजार १२२ पशु संक्रमित छन् र ६३७ पशुको मृत्यु भएको छ।
मधेस प्रदेशका ८ जिल्लामा ४ हजार ४९२ पशु संक्रमित भएका छन् भने १७९ को मृत्यु भएको छ। बागमतीका ५ जिल्लामा ७९३ संक्रमित पशु र ३० को मृत्यु, लुम्बिनीका ३ जिल्लामा १६ संक्रमित, गण्डकीको १ जिल्लामा ७ संक्रमित र कर्णालीको १ जिल्लामा पनि रोग पुष्टि भएको छ।
हालसम्म सुदूरपश्चिम प्रदेशमा भने लम्पी स्किनको संक्रमण पुष्टि भएको छैन।
विभागका अनुसार सुदूरपश्चिम बाहेकका ६ प्रदेशमा ५ लाख ६१ हजार ७५१ पशुलाई लम्पी स्किनविरुद्धको खोप दिइएको छ।
© 2024 Pradesh Kura. All rights reserved.
Powered By : Clock b Business Technology
प्रतिक्रिया दिनुहोस