after_navbar

होटलमा बास बस्न गएका व्यक्तिको पैसा चोरी


श्रावण २४, २०८२


दाङ,२३ साउन । दाङको तुलसीपुरस्थित होटलबाट पैसा चोरी भएको छ । तुलसीपुर स्थित वसर्पाकमा रहेको एक होटेलमा बसिरहेका एक व्यक्तिको नगद चोरी भएको हो । बिहिवार राती सल्यानको बागचौर नगरपालिका २ का उत्तम डिसीको ४२ हजार नगद पैसा चोरी भएको हो ।

ad

डिसीका अनुसार कोठाको ढोकाको माथि रहेको भेन्टिलेशन खोलिएकाले सोही ठाउँबाट हात हालेर माथिल्लो चुकुल खोलेको र तल्लो चुकुल पोछामा राखिएको पाइपको प्रयोग गरेर खोलेको अनुमान गरिएको छ ।

दाङ काठमाण्डौँ चल्ने गाडी चलाउँदै आएकाले होटेलमा बास बस्ने गरेको उनले बताए। बिहिबार पनि काठमाण्डौँबाट आएर राती साढे ११ बजेतिर होटलमा बास बस्नका लागि गएका थिए ।

यता इलाका प्रहरी कार्यालय तुलसीपुरबाट चोरी भएको खबर आएकाले स्थलगत अवलोकनका लागि प्रहरी खटाएको र घटनाबारे अनुसन्धान भैरहेको डिएसपी अनिल ठकुरीले जानकारी दिए । घटनाको बारेमा थप अनुसन्धान भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस


© 2024 Pradesh Kura. All rights reserved.

Powered By : Clock b Business Technology

data-href="