after_navbar

देशभर जनै पूर्णिमा र रक्षाबन्धन पर्व श्रद्धाका साथ मनाइँदै


श्रावण २५, २०८२


दाङ,२४ साउन । हरेक वर्ष साउन शुक्ल पूर्णिमाका दिन मनाइने रक्षाबन्धन र जनै पूर्णिमा (ऋषि तर्पणी) पर्व आज देशभर नव यज्ञोपवीत एवम् रक्षासूत्र धारण गरेर श्रद्धाका साथ मनाइँदै छ।

ad

पूर्णिमाको यस पवित्र दिनमा वैदिक सनातन धर्मावलम्बीहरू बिहानैदेखि नदी, ताल, तलाउ तथा पोखरीमा स्नान गरेर गुरु पुरोहितबाट मन्त्रिएको यज्ञोपवीत (जनै) फेरेर र रक्षासूत्र (डोरो) बाँध्ने परम्परा अनुसार धार्मिक क्रियाकलापमा संलग्न छन्। यज्ञोपवीतलाई ब्रह्मसूत्र अथवा ज्ञानको धागोका रूपमा लिइन्छ।

ब्राह्मण पुरोहितले मन्त्रोच्चारणसहित यजमानको दाहिने नाडीमा बाँधिदिने रक्षासूत्रलाई नकारात्मक शक्तिबाट बचाउने विश्वास गरिएको छ। साथै, अरुन्धतीसहित आठ ऋषिहरू—कश्यप, अत्रि, भारद्वाज, विश्वामित्र, गौतम, जमदग्नि, वशिष्ठ र अगस्त्यको पूजा एवम् तर्पण गरिने भएकाले आजको दिनलाई ऋषि तर्पणी पनि भनिन्छ।

प्रतिक्रिया दिनुहोस


© 2024 Pradesh Kura. All rights reserved.

Powered By : Clock b Business Technology

data-href="