काठमाडौँ २४ साउन । बञ्चरो प्रहार गरी भाइले दाइको हत्या गरेका छन् । सप्तरीको राजविराज नगरपालिका–२ स्थित पडरियामा भाइले दाइलाई बञ्चरो प्रहार गरी हत्या गरेका हुन् ।
स्थानीय नरेन्द्र झाले घरायसी विवादका क्रममा आफ्नै दाजु लोकेन्द्र झाको टाउकोमा बञ्चरो प्रहार गरेका हुन्। बञ्चरो प्रहारबाट लोकेन्द्रको मृत्यु भएको प्रहरी नायब उपरीक्षक जीतेन्द्रकुमार बस्नेतले बताए।
४० वर्षीय लोकेन्द्रको विराटनगरस्थित नोबेल अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो।
घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
© 2024 Pradesh Kura. All rights reserved.
Powered By : Clock b Business Technology
प्रतिक्रिया दिनुहोस