after_navbar

मोटरसाइकल एकआपसमा ठोक्किदा एकजनाको मृत्यु,२ घाइते


श्रावण २६, २०८२


दाङ,२५ साउन। दाङको तुलसीपुरमा दुईवटा मोटरसाइकल आपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन्।

ad

मृत्यु हुनेमा राप्ती गाउँपालिका–५ दाङका ५६ वर्षीय देवराज चौधरी रहेको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक सूर्यबहादुर रानाले जानकारी दिए।

प्रहरीका अनुसार तुलसीपुरबाट घोराहीतर्फ जाँदै गरेको लु.प्र. ०२–००१ प ११२१ नम्बरको मोटरसाइकल र विपरीत दिशाबाट आउँदै गरेको लु ३४ प ५४०६ नम्बरको मोटरसाइकल शनिबार बेलुकी साढे ७ बजे तुलसीपुर–१८ दुधरास नजिक ठोक्किँदा दुर्घटना भएको हो।

दुर्घटनामा गम्भीर घाइते भएका लु ३४ प ५४०६ नम्बरको मोटरसाइकल चालक चौधरीको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचारकै क्रममा गएराति मृत्यु भएको प्रहरीले जनाएको छ।

यसैगरी लु.प्र. ०२–००१ प ११२१ नम्बरको मोटरसाइकल चालक तुलसीपुर–५ का २७ वर्षीय नवराज पौडेल र सोही मोटरसाइकलमा सवार बारा बिश्रामपुर गाउँपालिका–२ घर भई हाल तुलसीपुर–५ बस्ने १८ वर्षीय रोशन पण्डित घाइते भएका छन्।

घाइतेमध्ये रोशन पण्डित उपचारपछि डिस्चार्ज भएका छन् भने नवराज पौडेललाई थप उपचारका लागि अन्य रिफर गरिएको छ।

मृतक चौधरीको शव पोष्टमार्टमका लागि अस्पतालको शवगृहमा राखिएको छ। दुबै सवारीसाधन नियन्त्रणमा लिएर घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस


© 2024 Pradesh Kura. All rights reserved.

Powered By : Clock b Business Technology

data-href="