काठमाडौँ,२५ साउन। पिकअप गाडी दुर्घटना हुँदा धनकुटामा १७ जना घाइते भएका छन् । जिल्लाकोधनकुटा नगरपालिका–८, स्थित टेकुनालामा गाडी दुर्घटना भएको हो ।
टेकुनालाबाट धनकुटा बजारतर्फ जाँदै गरेको को २ च २३०९ नम्बरको पिकअप गाडी बिहान करिब साढे १० बजे दुर्घटनामा परेको हो ।
दुर्घटनामा पिकअपमा सवार २१ जना मध्ये १७ जना घाइते भएका छन् । उनीहरूलाई उद्धार गरेर जिल्ला अस्पताल धनकुटा ल्याइएको छ ।
घाइते मध्ये ३ जनाको अवस्था गम्भीर रहेको छ । उनीहरूलाई थप उपचारका लागि धरान स्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान घोपा पठाइएको प्रहरीले जनाएको छ ।
अन्य घाइतेहरूको जिल्ला अस्पताल धनकुटामा उपचार भई रहेको जिल्ला प्रहरी कार्यालय धनकुटाले जनाएको छ ।
दुर्घटनामा गम्भीर घाइते हुनेमा धनकुटा नगरपालिका ७ का ६२ वर्षीय गुणराज श्रेष्ठ, धनकुटा नगरपालिका ७ कै ३८ वर्षीय जीतबहादुर श्रेष्ठ र धनकुटा नगरपालिका ८ बस्ने ४५ वर्षीया रेनुका राई रहेका छन् ।
त्यस्तै अन्य घाइतेहरूमा धनकुटा नगरपालिका ८ बस्ने १४ वर्षीया सविना डंगोल, ६४ वर्षीय चन्द्रभक्त डंगोल, ३५ वर्षीय हरीकुमार डंगोल, ७२ वर्षीय मोहन डंगोल, २७ वर्षीय राम श्रेष्ठ, टिना डंगोल, १८ वर्षीय रोजिन डंगोल, ५६ वर्षीय रमेश कर्मचार्य, धनकुटा नगरपालिका ७ बस्ने २२ वर्षीय राजन राई, शहीदभूमि गाउँपालिका ४ का २४ आशिष राई रहेका छन् ।
त्यस्तै साँगुरीगढी गाउँपालिका १ बस्ने १६ वर्षीय निशु लिम्बू, मूलघाट बस्ने १२ वर्षीय रोनिया श्रेष्ठ, सिंधुवाका १६ वर्षीय शिव श्रेष्ठ र २४ वर्षीय प्रकाश श्रेष्ठ रहेका छन् ।
गाई जात्राका लागि उनीहरू पिकअपमा धनकुटा बजार जाँदै थिए।
© 2024 Pradesh Kura. All rights reserved.
Powered By : Clock b Business Technology
प्रतिक्रिया दिनुहोस