काठमाडौं,२५ साउन । बालिकालाई अनुचित प्रलोभनमा पारेर यौन सम्बन्ध राख्न लगाउने एक महिलालाई प्रहरीले पक्राउ गरेको छ।
ओखलढुंगामा एक सरकारी कार्यालयकी महिला सहयोगीलाई १३ वर्षीया बालिकालाई अनुचित प्रलोभन दिएको आरोपमा प्रहरीले नियन्त्रणमा लिएको हो।
जिल्ला प्रहरी कार्यालय ओखलढुंगाका इन्स्पेक्टर विक्रमबहादुर भट्टराईका अनुसार प्रमिला विश्वकर्मालाई साउन २१ गते पक्राउ गरी बालबालिका सम्बन्धी ऐनअन्तर्गत म्याद थप गर्दै अनुसन्धान भइरहेको छ।
प्रहरीका अनुसार बालिकाले दिएको जाहेरीका आधारमा प्रमिलाले बारम्बार भेट गर्दै आर्थिक र भौतिक सुविधा दिने प्रस्ताव राखेको र कार्यालय प्रमुखसँग भेट गराउन चाहेको अडियो रेकर्डसमेत फेला परेको छ। सो रेकर्डको आवाज आफ्नै भएको उनले प्रहरीसमक्ष स्वीकार गरेकी छन्।
बालिका कक्षा ८ मा अध्ययनरत छन्। उनका आमाबुबा रोजगारीका लागि विदेशमा रहेकाले उनी बहिनीका साथमा आफन्तको घर नजिक डेरामा बस्दै आएकी छिन्।
घटनाबारे थप अनुसन्धान भइरहेको र कार्यालय प्रमुखको संलग्नतासम्बन्धी अनुसन्धान भैरहेको छ।
© 2024 Pradesh Kura. All rights reserved.
Powered By : Clock b Business Technology
प्रतिक्रिया दिनुहोस