after_navbar

महाकाली नदीमा डुबेर दुई बालिका बेपत्ता


श्रावण २६, २०८२


धनगढी, २५ साउन । कञ्चनपुरको महाकाली नदीमा डुबेर दुई बालिका बेपत्ता भएका छन्।

ad

बेपत्ता हुनेमा भीमदत्त नगरपालिका–११ की करिब ७ वर्षीया सानवी पन्त र ८ वर्षीया जिविका पन्त रहेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) सागर बोहराले जानकारी दिए।

उनका अनुसार आइतबार दिउँसो करिब साढे १ बजे नदीमा नुहाउने क्रममा दुवै बालिका बगेर बेपत्ता भएका हुन्।

बालिकाहरूको खोजी कार्य नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाको संयुक्त टोलीद्वारा जारी रहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस


© 2024 Pradesh Kura. All rights reserved.

Powered By : Clock b Business Technology

data-href="