दाङ, २५साउन । तुलसीपुरमा बोलेर र मोटरसाइकल एकआपसमा ठोक्किदा दुइजना घाइते भएका छन् । तुलसीपुर उपमहानगरपालिका–२ भमके खोलास्थित सडकखण्डमा बोलेरो र मोटरसाइकल एकापसमा ठोक्किँदा २ जना घाइते भएका हुन् ।
आइतबार साढे ६ बजे तुलसीपुरबाट बागरतर्फ जाँदै गरेको बा ११ च ७९४७ नम्बरको बोलेरो र विपरीत दिशाबाट जांदै गरेको रा ८ प ४१२० नम्बरको मोटरसाइकल ठोक्किँदा मोटरसाइकलमा सवार दुई जना घाइते भएका हुन्।
घाइतेहरूमा बबई गाउँपालिका–७ पंचकुलेका ५० वर्षीय मोटरसाइकल चालक कुलबहादुर बुढाथोकी र मोटरसाइकलको पछाडि सवार ५० वर्षीय शालिकराम शर्मालाई दुवै हातखुट्टामा सामान्य चोट लागेको छ।
घाइते दुवै जनालाई राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ।
घटनापछि प्रहरी निरीक्षक डिल्लीराज मल्लको कमाण्डमा खटिएको टोलीले दुवै सवारीसाधन र बोलेरो चालक दंगिशरण गाउँपालिका–१ रामपुरका ३० वर्षीय अशोक रतगौयालाई नियन्त्रणमा लिएको छ। अन्य विवरण अनुसन्धानपछि सार्वजनिक गरिने प्रहरीले जनाएको छ।
© 2024 Pradesh Kura. All rights reserved.
Powered By : Clock b Business Technology
प्रतिक्रिया दिनुहोस