after_navbar

सवारी दुर्घटनामा तीनजनाको मृत्यु, १५ जना घाइते


श्रावण २७, २०८२


काठमाडौँ, २६ साउन । पूर्व–पश्चिम राजमार्गमा भएको सवारी र्दुघटनामा तीनजनाको मृत्यु भएको छ । १५ जना घाइते भएका छन् । सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका–३, जलुवाटोलस्थित पूर्व–पश्चिम राजमार्गमा आज बिहान दुई सवारी साधन एकआपसमा ठोक्किँदा उक्त दुर्घटना भएको हो ।

ad

जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रवक्ता डिएसपी योगराज खतिवडाका अनुसार काँकडभिट्टाबाट दिक्तेलतर्फ जाँदै गरेको मे १ ख १७९९ नम्बरको बस र विपरीत दिशातर्फ जाँदै गरेको प्रदेश २–०१–००१ ज ००४७ नम्बरको माइक्रोबस एकआपसमा ठोक्किएका थिए।

प्रवक्ता खतिवडाले मृतकहरूको पहिचान खुल्न नसकेको बताए। घाइतेहरूलाई इनरुवा अस्पताल, विराटनगरको न्यूरो अस्पताल र नोबेल अस्पतालमा उपचारका लागि पठाइएको छ।

दुर्घटनापछि बस चालक गोपाल अधिकारी ९झापा, अर्जुनधारा नगरपालिका–१०लाई प्रहरीले नियन्त्रणमा लिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस


© 2024 Pradesh Kura. All rights reserved.

Powered By : Clock b Business Technology

data-href="