after_navbar

बिरामी लिन हिँडेका सुनिलको घटनास्थलै मृत्यु


श्रावण २७, २०८२


जाजरकोट, २६ साउन । एम्बुलेन्स दुर्घटना हुँदा चालकको घटनास्थलमै मृत्यु भएको छ । जाजरकोटको भेरी नगरपालिका– १ कोल्चौर नजिकै कल्ले खोलामा आइतबार राति १ बजे एम्बुलेन्स दुर्घटना भएको हो । दुर्घटनामा परेर एम्बुलेन्सका चालक भेरी नगरपालिका–१ डौंरीकाँडाका २७ वर्षीय सुनिल चनाराको घटनास्थलमै मृत्यु भएको हो ।

ad

भेरी नगरपालिका–१ का वडा अध्यक्ष दीपक रानाले खलङ्गाबाट भेरी नगरपालिका–१ कै डौँरीकाँडा बिरामी लिन जाँदै गरेको उदय युवा क्लब मुसीकोट १३ को नाममा रहेको भे १ च २२४७ नम्बरको एम्बुलेन्स दुर्घटना भएको जानकारी दिए।

अस्थायी प्रहरी पोष्ट होलुखोलाका प्रहरी नायब निरीक्षक बीरबहादुर थापाका अनुसार उकालो जाने क्रममा भित्तामा ठोक्किँएर एम्बुलेन्स करिब दुई सय मिटर तल खसेको थियो ।

घटना रातिको भएपनि स्थानीयहरुले बिहान घाँस काट्न जाने क्रममा थाहा पाएर प्रहरीलाई खबर गरेका थिए ।
घटनास्थलमा प्रहरी पुगेर मुचुल्का लगायतको काम गरी लाश पोष्टमार्टमका लागि जिल्ला अस्पताल पठाइएको थापाले जानकारी दिए।

प्रतिक्रिया दिनुहोस


© 2024 Pradesh Kura. All rights reserved.

Powered By : Clock b Business Technology

data-href="