after_navbar

स्यालले टोक्दा तीनजना घाइते


श्रावण २७, २०८२



व्याँस,२६ साउन । स्यालले टोक्दा दार्चुलामा तीन जना घाइते भएका छन् । दुईजना महिला र एक पुरुषलाई स्यालले टोकेको हो ।

ad

घाइते हुनेहरुमा जिल्लाको व्याँस गाउँपालिका–६ बसेडीका ७० वर्षीय गणेशदत्त भट्ट, ५१ वर्षीया धौली भट्ट र ७५ वर्षीया च्याउलीदेवी भण्डारी रहेका छन् ।

घाइतेको व्याँस–६ खातीगाउँस्थित ग्रामिण स्वास्थ एकाइ केन्द्रमा प्राथमिक उपचारपछि थप उपचारका लागि जिल्ला अस्पताल खलंगा ल्याइएको थियो ।

जिल्ला अस्पतालमा रेबिजविरुद्धको खोप उपलब्ध नभएपछि तीनै जनालाई उपचारका लागि धनगढी ‘रेफर’ गरिएको जिल्ला अस्पतालका सूचना अधिकारी डम्बरदत्त भट्टले जानकारी दिए ।

आइतबार साँझ घरनजिकै घाँस काट्ने क्रममा स्यालले उनीहरूलाई टोकेको स्थानीय केशरसिंह खातीले बताए ।

प्रतिक्रिया दिनुहोस


© 2024 Pradesh Kura. All rights reserved.

Powered By : Clock b Business Technology

data-href="