after_navbar

दाङमा दुई मोटरसाइकल ठोक्किँदा २ जना घाइते


श्रावण २७, २०८२


दाङ, साउन २६ । दाङको तुलसीपुरमा दुई वटा मोटरसाइकल आपसमा ठोक्किँदा २ जना घाइते भएका छन्।

ad

तुलसीपुरबाट खाद्रेतर्फ जाँदै गरेको रा ३ प ५४२७ नम्बरको मोटरसाइकललाई सोही दिशातर्फ जाँदै गरेको रा ४ प ६८८१ नम्बरको मोटरसाइकलले तुलसीपुर–७ बम्नैमा पछाडिबाट ठक्कर दिएको इलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ।

दुर्घटनामा रा ३ प ५४२७ नम्बरको मोटरसाइकल चालक तुलसीपुर–७ बम्नैका ५७ वर्षीय शालिकराम न्यौपाने गम्भीर घाइते भएका छन्। उनको टाउको र छातिमा बढी चोट लागेकाले उपचारका लागि नेपालगञ्जस्थित संजीवनी मेडिकल कलेजमा पठाइएको हो।

त्यसैगरी रा ४ प ६८८१ नम्बरको मोटरसाइकल चालक तुलसीपुर–७ बम्नैका २४ वर्षीय डिल्लीराज चौधरी घाइते भएका छन्। उनको हातखुट्टामा चोट लागेको छ भने स्वास्थ अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस


© 2024 Pradesh Kura. All rights reserved.

Powered By : Clock b Business Technology

data-href="