after_navbar

उच्च अदालतका २७ न्यायाधीशको शपथ ग्रहण


श्रावण २, २०८२


काठमाडौँ ,२८ साउन । प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतको उपस्थितिमा उच्च अदालतका लागि नियुक्त २७ न्यायाधीशले आज पद तथा गोपनियताको शपथ ग्रहण गरेका छन्।

ad

सर्वोच्च अदालतमा आयोजित कार्यक्रममा उच्च अदालत पाटनका मुख्य न्यायाधीश लालबहादुर कुँवरले नवनियुक्त न्यायाधीशहरुलाई शपथ गराए। न्याय परिषद्को साउन २२ गतेको बैठकले २७ जनालाई उच्च अदालतमा नियुक्त गर्दै विभिन्न इजलासमा पदस्थापन गरेको हो।

दाङ जिल्ला न्यायाधीश तेजनारायण पौडेल उच्च अदालत तुलसीपुर, बुटवल इजलासका न्यायाधीशमा पदस्थापन भएका छन् । यस्तै, न्याय परिषद्का सचिव यमबहादुर बुढामगर (उच्च अदालत सुर्खेत, जुम्ला इजलास), गोपालप्रसाद बास्तोला (उच्च अदालत पाटन), गिरीराज गौतम (उच्च अदालत दीपायल, महेन्द्रनगर इजलास), युवराज गौतम (उच्च अदालत विराटनगर, ओखलढुगा इजलास) लगायतका छन्।

त्यस्तै, कानुन व्यवसायी र सरकारी वकिलबाट पनि उच्च अदालतका विभिन्न इजलासमा न्यायाधीश नियुक्त गरिएको छ, जसमा शर्मिला थापा विष्ट, प्रतापसिंह ठकुराठी, बालकृष्ण गैरे, निशा बानियाँ, श्यामकुमार विश्वकर्मा र अरुणकुमार पञ्जियारको नाम समावेश छ।

प्रतिक्रिया दिनुहोस


© 2024 Pradesh Kura. All rights reserved.

Powered By : Clock b Business Technology

data-href="