दुहबी,२८ साउन । बन्दै गरेको घरको सेफ्टी ट्यांकीभित्र दुई व्यक्तिको शव फेला परेको छ । सुनसरीको दुहबीमा नयाँ बन्दै गरेको घरको सेफ्टी ट्यांकीभित्र पेटी ठेकेदार र कामदारको शव फेला परेको हो ।
दुहबी नगरपालिका–४ शिव मन्दिर चोकमा चन्द्रिका रौनियारको नयाँ बन्दै गरेको घरको सेफ्टी ट्यांकीभित्र बुधबार दुहबी–२ का अन्दाजी ५० वर्षीय श्यामबहादुर तामाङ र ३२ वर्षीय रमेश राईको शव फेला परेको हो ।
सुनसरी प्रहरीका प्रवक्ता डीएसपी योगराज खतिवडाका अनुसार मृत फेला परेका तामाङ उक्त घर बनाउने पेटी ठेकेदार र राई कामदार हुन् ।
शव भेटिएपछि घटनाको अनुसन्धानका लागि फरेन्सिक विज्ञसहितको टोलीले अनुसन्धान गरिरहेको डीएसपी खतिवडाले जानकारी दिए ।
© 2024 Pradesh Kura. All rights reserved.
Powered By : Clock b Business Technology
प्रतिक्रिया दिनुहोस