after_navbar

नेपालका कारागारमा १ हजार ४२७ विदेशी बन्दी


श्रावण २, २०८२


काठमाडौँ,२८ साउन। देशभरका कारागारमा १ हजार ४२७ जना विदेशी नागरिक थुनामा परेका छन् । गृह मन्त्रालयका अनुसार हाल नेपालका ७७ कारागारमा कुल २८ हजार ७१८ जना कैदीबन्दी छन्, जसमध्ये विदेशीको संख्या उल्लेख्य छ।

ad

गृहमन्त्री रमेश लेखकले संसदमा प्रस्तुत गरेको प्रतिवेदनअनुसार कारागारहरूमा क्षमताभन्दा ६७ प्रतिशत बढी छ । पुरुष ब्लकमा १६ हजार ६२५ क्षमतामा २७ हजार १६८ बन्दी छन् भने महिला ब्लकमा भने अवस्था सामान्य छ । २ हजार ५०१ क्षमता भएका संरचनामा १ हजार ५५० महिला बन्दी छन्।

कुल १० हजार ४३५ जना थुनुवा र १८ हजार २८३ जना कैदी छन्। त्यसमा विदेशी नागरिकसमेत समावेश छन्, जसमा अधिकांश लागूपदार्थ, अवैध प्रवेश वा अन्य आपराधिक मुद्दामा पक्राउ परेका हुन्।

गृह मन्त्रालयका अनुसार कारागारमा ६६ जना ज्येष्ठ नागरिक र ६४ जना आश्रित बालबालिका पनि छन्।

प्रतिक्रिया दिनुहोस


© 2024 Pradesh Kura. All rights reserved.

Powered By : Clock b Business Technology

data-href="