after_navbar

घोराहीबाट रोल्पाका लागी छुटेको फोर्स गाडी दुर्घटना: ५ जना घाइते


श्रावण २, २०८२


दाङ,२८ साउन । दाङको घोराहीबाट रोल्पाका लागि छुटेको फोर्स गाडी दुर्घटना भएको छ। दुर्घटनामा परेर पाँचजना घाइते भएका छन् ।

ad

घोराहीबाट तालावाङतर्फ जाँदै गरेको लु १ ज ३६१४ नम्बरको सिल्भर रङको गाडी माडि गाउँपालिका–२, ब्याङखोला स्थित सहिदमार्गमा दुर्घटना भएको हो।
गाडी सडकबाट करिब ३० मिटर तल खसेको जिल्ला प्रहरी कार्यालय रोल्पाले जानकारी दिएको छ।

दुर्घटना दिउँसो करिब २ बजेतिर भएको हो। गाडीमा चालकसहित १४ जना सवार थिए।

इलाका प्रहरी कार्यालय घर्तिगाउँबाट प्रहरी निरीक्षक देवसिंह भण्डारीको नेतृत्वमा गएको टोलीले घाइते पाँच जनालाई उद्दार गरी उपचारका लागि रोल्पा अस्पताल रेउघा पठाएको हो।

दुर्घटनापछि चालकलाई प्रहरी नियन्त्रणमा लिएको र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस


© 2024 Pradesh Kura. All rights reserved.

Powered By : Clock b Business Technology

data-href="