after_navbar

दुर्घटना अपडेट: घाइतेहरूको विवरणसहित


श्रावण २, २०८२


दाङ, २८ साउन । दाङको घोराहीबाट रोल्पाका लागि छुटेको फोर्स गाडी दुर्घटना भएको छ। दुर्घटनामा परेर घाइते भएकाहरूको परिचय खुलेको छ।

ad

घोराहीबाट तालावाङतर्फ जाँदै गरेको लु १ ज ३६१४ नम्बरको सिल्भर रङको गाडी माडि गाउँपालिका–२, ब्याङखोला स्थित सहिदमार्गमा दुर्घटना भएको हो। गाडी सडकबाट करिब ३० मिटर तल खसेको जिल्ला प्रहरी कार्यालय रोल्पाले जानकारी दिएको छ।

घाइते हुनेमा इलाका प्रहरी कार्यालय घर्तिगाउँमा कार्यरत प्रहरी जवान कमलेश यादव, रोल्पा माडि गाउँपालिका–३ का ३१ वर्षका भिमसेन रोका रहेका छन्। यस्तै माडि गाउँपालिका–१ आरलनेटाका ४२ वर्षका तिलराम खत्री, माडि गाउँपालिका–३ दारेकाटनाका ५५ वर्षका कमल वली, सोही ठाँउका ६० वर्षका कौशिला वली र परिवर्तन गाउँपालिका–३ बागमाराका २५ वर्षका पवित्रा रोका मगरको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय रोल्पाले जनाएको छ। घाइतेहरुको रोल्पा अस्पताल रेउघामा उपचार भइरहेको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार घाइते हुनेमा माडि गाउँपालिका–३ तालाबाङका २६ वर्षका रेजिना रामिजाल, सोही ठाँउका १४ वर्षका पुर्णकला बिक, १७ वर्षका शर्मिला बिक, १८ वर्षका एलिशा घर्तिमगर, १७ वर्षका मनोज बिक, १४ वर्षका नबिन बिक, माडि गाउँपालिका–५ भावाङका २० वर्षका बिबेक घर्तिमगर रहेका छन्। उनीहरूको घर्तिगाउँमा रहेको स्मृति अस्पतालमा उपचार भईरहेको प्रहरीले जनाएको छ।

गाडी चालक रोल्पा नगरपालिका–७ दाङवाङका २७ वर्षका होम नारायण बिकलाई प्रहरीले नियन्त्रणमा लिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस


© 2024 Pradesh Kura. All rights reserved.

Powered By : Clock b Business Technology

data-href="