after_navbar

नेपालगन्जमा २२ लाख नगद र ब्राउनसुगरसहित युवक पक्राउ


श्रावण ३०, २०८२


बाँके,२९ साउन। बाँकेको नेपालगन्जबाट प्रहरीले स्रोत नखुलेको २२ लाख रुपैयाँभन्दा बढी नगद र ब्राउनसुगरसहित एक युवकलाई पक्राउ गरेको छ।

ad

जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी नायब उपरीक्षक दीपक पातलीका अनुसार नेपालगन्ज–१४ का २८ वर्षीय रमेश लोनियालाई मङ्गलबार राति घर खानतलासी गर्ने क्रममा पक्राउ गरिएको हो। उनका घरबाट नेपाली र भारतीय गरी २२ लाख तीन हजार ९१५ रुपैयाँ नगद र १५ ग्राम ५०० मिलिग्राम ब्राउनसुगर बरामद गरिएको प्रहरीले जनाएको छ।

त्यससँगै प्रहरीले सुनचाँदीका गरगहना, पाँच थान खुकुरी, दुई थान मोटरसाइकल र १० वटा मोबाइल पनि बरामद गरेको छ।

पक्राउ परेका युवकलाई बुधबार जिल्ला अदालत, बाँकेबाट चार दिनको म्याद थप गरी हिरासतमा राखिएको प्रहरीले जनाएको छ। सो क्रममा घटनामा अवरोध सिर्जना गर्ने प्रयास गरेका चार जनालाई पनि नियन्त्रणमा लिइएको र तीमध्ये दुई जनालाई प्रहरीलाई अभद्र व्यवहार गरेको अभियोगमा हिरासतमा राखिएको डीएसपी पातलीले जानकारी दिए।

प्रतिक्रिया दिनुहोस


© 2024 Pradesh Kura. All rights reserved.

Powered By : Clock b Business Technology

data-href="