काठमाडौं,२९ साउन । इजरायलले गाजामा युद्ध विराम रोक्ने भएको छ । साथै युद्धको क्रममा बन्धक बनाइएकाहरुलाइ मुक्त गराउने भएको छ। इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले गाजामा युद्ध रोक्ने प्रयास अब बाँकी रहेका सबै बन्धकहरूलाई एकैपटक मुक्त गराउने विषयमा केन्द्रित भएको बताएका छन्।
यसअघि प्रस्तावित योजनामा ६० दिनको युद्धविराम र केही जीवित इजरायली बन्धकको मात्र रिहाइको प्रावधान थियो। तर नयाँ संकेतसँगै वार्ताको प्राथमिकता सम्पूर्ण बन्धकको तत्काल रिहाइमा केन्द्रित भएको देखिन्छ।
हमासका अनुसार, उसका नेताहरूको प्रतिनिधिमण्डल इजिप्टका अधिकारीहरूसँग प्रारम्भिक वार्ताका लागि राजधानी कायरोमा पुगेको छ। रिपोर्टहरूअनुसार, मध्यस्थकर्ताहरूले आगामी हप्ताभित्र सम्झौता हुने आशा राखेका छन्।
गत महिना इजरायल र हमासबीचको अप्रत्यक्ष वार्ता असफल भएपछि इजरायलले आफ्नो सैन्य अभियानलाई विस्तार गर्दै सम्पूर्ण गाजा पट्टी कब्जा गर्ने विवादास्पद योजना घोषणा गरेको थियो। यस योजनामा करिब २० लाख प्यालेस्टिनी आश्रित रहेका क्षेत्रहरू समेत समावेश छन्।
बीबीसीले उल्लेख गरेअनुसार, नेतन्याहुको यो ताजा अभिव्यक्तिले युद्धविरामको सम्भावनालाई फेरि बल मिलाएको छ, यद्यपि अन्तिम नतिजा वार्ता प्रक्रियामा निर्भर रहनेछ।
© 2024 Pradesh Kura. All rights reserved.
Powered By : Clock b Business Technology
प्रतिक्रिया दिनुहोस