after_navbar

बाढीले तीनवटा पुल बगायो,सडक सम्पर्क अवरुद्ध


श्रावण ३०, २०८२


दार्जुला,२९ साउन ।दार्चुलाको टिंकर खोलामा आएको बाढीले छांगरुदेखि टिंकरसम्मका तीनवटा पुल बगाएको छ। पुल बगाउँदा टिंकर गाउँको सडक सम्पर्क अवरुद्ध भएको छ।

ad

व्याँस गाउँपालिका–१ का वीरेन्द्रसिंह तिंकरीका अनुसार, बगाएका पुलहरूमा टिंकर खोलापुल, नाम्पापुल र चम्लिङ खोलाको पुल पर्छन्। बाढीका कारण गाउँमा रहेका नेपाल टेलिकमका टावरहरू पनि अवरुद्ध भएका छन्।

जिल्ला प्रहरी कार्यालयका डीएसपी प्रकाश दाहालले बताएअनुसार, गाउँमा कुनै मानवीय क्षति भएको छैन। उनले भने, “टिंकर सीमा प्रहरीचौकीसँग सञ्चार सेटमार्फत सम्पर्कमा छौँ। क्षति भएको स्थानको अवस्था बुझ्न प्रहरी परिचालन गरिएका छन्।”

छांगरुदेखि टिंकरसम्मको करिब ४०० मिटर सडक पनि बाढीले बगाएको छ।

प्रतिक्रिया दिनुहोस


© 2024 Pradesh Kura. All rights reserved.

Powered By : Clock b Business Technology

data-href="