after_navbar

१ सय ८० जनामा डेंगु संक्रमण


श्रावण ३०, २०८२


काठमाडौं,२९ साउन । पछिल्लो एक सातामा देशभर १ सय ८० जनामा डेंगु सङ्क्रमण पुष्टि भएको छ। योसँगै गत पुषदेखि हालसम्म नेपालमा डेंगु संक्रमितको संख्या २ हजार ९५२ पुगेको छ।

ad

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी) का पछिल्ला तथ्यांकअनुसार सबैभन्दा धेरै सङ्क्रमित गण्डकी प्रदेशमा ८ सय ७७ जना छन्।

त्यसपछि बागमतीमा ६सय १२, कोशीमा ५सय १८, लुम्बिनीमा ४ सय ६५, सुदूरपश्चिममा ३सय १६, कर्णालीमा ७७ र मधेश प्रदेशमा ५३ जनामा डेंगु पुष्टि भएको छ।

विगतमा वर्षायाममा मुख्यत: तराईका जिल्लाहरूमा सीमित देखिने डेंगु सङ्क्रमण अहिले पहाडी हुँदै हिमाली जिल्लासम्म फैलिन थालेको स्वास्थ्य अधिकारीहरूले बताएका छन्। यसले जनस्वास्थ्यका लागि गम्भीर चुनौती उत्पन्न गरेको उनीहरूको भनाइ छ।

प्रतिक्रिया दिनुहोस


© 2024 Pradesh Kura. All rights reserved.

Powered By : Clock b Business Technology

data-href="