दाङ, २९ साउन । दाङमा सर्पको टोकाइबाट एक बालकको मृत्यु भएको छ । सर्पले टोक्दा राप्ती गाउँपालिका–४ मझनीगढका ९ वर्षीय बालकको मृत्यु भएको हो ।
मृत्यु हुनेमा स्थानिय राजु अधिकारीका छोरा संस्कार अधिकारी रहेका छन्। पारिवारिक स्रोतका अनुसार बालकलाई गएराति घरमै सुतेको अवस्थामा गराइज प्रजातिको सर्पले टोकेको थियो।
घटनापछि गम्भीर घाइते भएका बालकलाई उपचारका लागि कपिलवस्तुको बुद्धभूमि नगरपालिका–२, गोरुसिंगेस्थित सर्पदंश उपचार केन्द्रमा लगिएको थियो। तर उपचारका क्रममा बिहीबार दिउँसो २ः२० बजे उनको निधन भएको हजुरबुवा डम्मरबहादुर जिसीले जानकारी दिए।
मृतक अधिकारी सिरिन भ्याली पब्लिक स्कुलमा कक्षा ३ मा अध्ययनरत थिए।
© 2024 Pradesh Kura. All rights reserved.
Powered By : Clock b Business Technology
प्रतिक्रिया दिनुहोस