दाङ,३० साउन । प्रहरीले क्रिप्टो करेन्सीको कारोबार गरेको आरोपमा ६ जनालाई पक्राउ गरेको छ ।
महानगरीय प्रहरी परिसर काठमाडौंले ६ करोड रुपैयाँभन्दा बढीको क्रिप्टो करेन्सी (अभौतिक मुद्रा) को कारोबार गरेको आरोपमा चार जना पक्राउ गरेको हो ।
पक्राउ पर्नेहरूमा बाराको महागढीमाई नगरपालिका–३ घर भएका २७ वर्षीय ओमप्रकाश जयसवाल, महागढीमाई–५ का २५ वर्षीय मनमोहन कुमार सिंह, भारत बिहारका ३३ वर्षीय विक्रम जयसवाल र बिहारकै ३३ वर्षीय मुन्ना जयसवाल छन् ।
उनीहरुलाई काठमाडौंको कालोपुलबाट पक्राउ गरिएको हो । उनीहरूबाट १५ लाख ३३ हजार नगद समेत बरामद भएको प्रहरीले जानकारी दिएको छ ।
© 2024 Pradesh Kura. All rights reserved.
Powered By : Clock b Business Technology
प्रतिक्रिया दिनुहोस