काठमाडौँ,३० साउन । स्रोत नखुलेको पौने २१ लाख नगदसहित दुइजना पक्राउ परेका छन् । प्रहरीले सप्तकोशी नगरपालिका– ४ तुलसी चोकबाट स्रोत नखुलेको नगद २० लाख ७८ हजार रुपैयाँसहित २ जनालाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेहरूमा धनकुटाको सहिदभूमी गाउँपालिका–३ बस्ने २१ वर्षीय जीवन लम्जेल र सोही गाउँपालिका१ बस्ने २८ वर्षीय आएन राई रहेका छन्।
प्रहरी चौकी फत्तेपुरबाट खटिएको प्रहरीले कञ्चनपुरबाट फत्तेपुरतर्फ जाँदै गरेको को। ३३ प १८९४ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त नगद सहित फेला पारी पक्राउ गरेको हो।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ।
© 2024 Pradesh Kura. All rights reserved.
Powered By : Clock b Business Technology
प्रतिक्रिया दिनुहोस