काठमाडौ , १ भदौ ।
श्रीमतीको हत्या अभियोगमा श्रीमान पक्राउ परेका छन् । काठमाडौंको गोंगबु बसपार्कस्थित एक होटलमा श्रीमती हत्या आरोपमा प्रहरीले श्रीमानलाई पक्राउ गरेको हो ।
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले वीरगन्जबाट श्रीमानलाई पक्राउ गरेको जनाएको छ् ।
हत्या आरोपमा काभ्रेका सन्तोष सेन्चुरीलाई वीरगञ्जबाट पक्राउ गरी ल्याएको एसएसपी रमेशकुमार बस्नेतले जानकारी दिए । उनले २७ वर्षीया ललिता विकको हत्या गरेको आरोप छ ।
शुक्रबार राति ११ बजेतिर ललिताको शव एक होटलमा फेला परेको थियो। बसपार्कमा रहेको एक होटलको कोठा नम्बर २०१ मा शव फेला परेको थियो। खाटमुनि शंकास्पद अवस्थामा शव फेला परेको थियो।
अनुसन्धानको क्रममा श्रीमान सन्तोष र उनकी श्रीमती ललिताबीच सम्बन्ध राम्रो थिएन। उनीहरूबीच दुई वर्षअगाडि मात्रै विवाह भएको थियो साउन २७ गते सन्तोषले उनलाई बोलाएर होटलमा लगेका थिए। त्यस होटलमा लगेर हत्या गरी बेडमुनि लुकाएको खुलेको छ ।
त्यसपछि उनी आफ्नो साथीको घरमा गएर बसेका थिए। साउन २८ गते उनले आफ्नी श्रीमती हराएको भनेर प्रहरी वृत्त महाराजगन्जमा निवेदन समेत दिएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी अपिलराज बोहराले जानकारी दिए।
श्रीमतीको खोजीमा आफै लागेका सेन्चुरी भने साउन ३० गते २ बजेदेखि भने सम्पर्कबिहीन भएका थिए । फरार भएका उनलाई कार्यालयको टोलीले वीरगन्जबाट पक्राउ गरी काठमाडौं ल्याएको हो ।
© 2024 Pradesh Kura. All rights reserved.
Powered By : Clock b Business Technology
प्रतिक्रिया दिनुहोस