बर्दिया ,१ भदौ । बर्दियामा बाघको आक्रमणबाट शरीर र टाउको अलग भएको अवस्थामा करिब ४५ वर्षीया एक महिलाको शव फेला परेको छ। जिल्ला प्रहरी कार्यालय बर्दियाका अनुसार गुलरिया नगरपालिका-१२ भैसाहीमा नर्सरी नजिकै भैसाहीकी जगतरानी थारुको शव आज बिहान सवा ११ बजे फेला परेको हो।
जगतरानी आफ्नै खेतमा ममफली गोड्न गएको बेलामा बाघले आक्रमण गरेको अनुमान गरिएको छ। स्थानीयहरूले शव देखेपछि वन कार्यालय, नेपाल प्रहरी र सशस्त्र प्रहरीलाई खबर गरेका थिए।
प्रहरीका अनुसार उनलाई शुक्रबार साँझ नै बाघले आक्रमण गरेको हुनसक्ने अनुमान छ।
जगतरानीको श्रीमान् र जेठा छोरा वैदेशिक रोजगारीमा विदेशमा छन् भने कान्छा छोरा र बुहारी घरमै रहेका छन्। प्रहरीले शवलाई पोस्टमार्टमका लागि बर्दिया जिल्ला अस्पतालमा राखिएको जनाएको छ।
© 2024 Pradesh Kura. All rights reserved.
Powered By : Clock b Business Technology
प्रतिक्रिया दिनुहोस