after_navbar

जंगली च्याउ खादा मृत्यु 


भदौ ०१, २०८२


दाङ , १ भदौ । जंगली च्याउ खाएर   बिरामी परेका रोल्पाका  एक जनाको मृत्यु भएको छ ।
परिवर्तन गाउँपालिका – २ राङसीकी ७४ वर्षीया निर्मला वलीको उपचारका क्रममा दाङको घोराहीस्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मृत्यु भएको हो ।

ad

निर्मलाका श्रीमान ८१ वर्षीय भागीराम वलीको सोही अस्पतालमै उपचार जारी छ । वली दम्पतीले साउन २७ गतेको बेलुका स्थानीय जंगलबाट खोजेर ल्याएको च्याउ तरकारी  खाएका थिए ।
त्यसपछि उनीहरु बिरामी परेका थिए। उनीहरु स्थानीय मेडिकलमा उपचारका लागि गएका थिए। त्यहाँ सामान्य उपचारपछि  थप उपचारका लागि साउन २९ गते  राति ९ बजे स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भर्ना गरिएको थियो।
घोराहीस्थित प्रतिष्ठानमा उपचारका क्रममा निर्मलाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रोल्पाका प्रवक्ता यादवप्रशाद शाहीले बताए ।  शव पोष्टमर्टमका लागि घोराहीमै राखिएको छ ।

प्रतिक्रिया दिनुहोस


© 2024 Pradesh Kura. All rights reserved.

Powered By : Clock b Business Technology

data-href="