काठमाडौं, २ भदौ । नेपाली कांग्रेसको भ्रातृ संस्था तरुण दलले पाँचौ महाधिवेशनको कार्यतालिका सार्वजनिक गरेको छ। तरुण दलले आगामी मंसिर २६ देखि २८ गतेसम्म महाधिवेशन गर्ने निर्णय गरेको हो।
अध्यक्ष विद्धान गुरुङले सार्वजनिक गरेको कार्यतालिका अनुसार मंसिर १० भित्र सातै प्रदेशमा अधिवेशन सम्पन्न गर्ने, कात्तिक मसान्तसम्म जिल्लास्तरका अधिवेशन गर्ने र कात्तिक २० भित्र प्रदेशसभा तथा संघीय निर्वाचन क्षेत्रका अधिवेशन गर्ने कार्यक्रम तय गरिएको छ।
त्यस्तै, महाधिवेशनका लागि भाद्र १५ भित्र पूर्ण सदस्यता वितरण र पालिका अधिवेशन सम्पन्न गर्ने योजना बनाइएको छ। यसै महिनाको मसान्तभित्र सदस्यता स्वीकृत गर्ने र क्षेत्रीय तथा जिल्ला अधिवेशनका प्रतिनिधिहरू अनुमोदन गर्ने प्रक्रिया पूरा गर्ने उल्लेख गरिएको छ।
२०७३ सालपछि पहिलोपटक हुन लागेको अधिवेशनका लागि हाल तदर्थ समितिबाट संस्था सञ्चालन भइरहेको छ। तरुण दलले यसपटकको अधिवेशनलाई संगठन सुदृढीकरण र नयाँ नेतृत्व चयनको अवसरका रूपमा लिएको छ।
© 2024 Pradesh Kura. All rights reserved.
Powered By : Clock b Business Technology
प्रतिक्रिया दिनुहोस