after_navbar

तुलसीपुरको सिद्दिविनायक फर्निचरमा आगलागी


भदौ ०२, २०८२


दाङ, २ भदौ । दाङको तुलसीपुरमा रहेको एक फर्निचर उद्योगमा आगलागी भएको छ। तुलसीपुर–१२ पुकारपसलस्थित सिद्धिविनायक फर्निचर उद्योगमा सोमबार दिउँसो करिब ३ः१० बजे आगलागी भएको इलाका प्रहरी कार्यालय तुलसीपुरले जानकारी दिएको छ।

तुलसीपुर–५ ग लाइनका तारा बहादुर बस्नेतले सञ्चालन गर्दै आएको उक्त उद्योगमा लागेको आगो प्रहरी, दमकल तथा स्थानीयको सहयोगमा नियन्त्रणमा लिइएको इप्रका तुलसीपुरका सूचना अधिकारी सूर्य रानाले बताए।

उनका अनुसार आगलागीबाट मानवीय क्षति भने भएको छैन। आगलागीको कारण र क्षतिको विस्तृत विवरण संकलन भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस


© 2024 Pradesh Kura. All rights reserved.

Powered By : Clock b Business Technology

data-href="