after_navbar

फर्निचर उद्योगमा भएको आगलागीप्रति तुलसीपुर चेम्बर अफ कमर्सको दुःख व्यक्त 


भदौ ०२, २०८२


दाङ,२ भदौ । तुलसीपुरमा रहेको सिद्धिविनायक फर्निचर उद्योगमा भएको आगलागीप्रति तुलसीपुर चेम्बर अफ कमर्सले दुःख व्यक्त गरेको छ। चेम्बर अफ कमर्सका अध्यक्ष ऋषिराज भण्डारी र महासचिव दुर्गाप्रसाद शर्माले उद्योगमा आगलागी हुँदा भएको क्षति र व्यवसायीलाई पर्न गएको दुःखमा सहानुभूति जनाउँदै दुःख व्यक्त गरेको  हुन ।

ad

आगलागिबाट  भएको क्षतिले तुल्सीपुरको व्यवसायिक क्षेत्रमा ठूलो प्रभाव र असर पारेको समेत विज्ञप्तिमा उल्लेख गरिएको छ। एउटा व्यवसायीले गरेको व्यवसायमा विपत्ति हुँदा सबै व्यवसायहरु एक भएर त्यसको सामना गर्नुपर्ने अवस्था आएको भन्दै आगामी दिनहरुमा यस्ता प्रकोपजन्य घटनाहरुबाट जोगिन सबैमा आग्रह समेत गरिएको छ  ।
उद्योगमा भएको आगलागि नियन्त्रणमा सहयाेग पुर्‍याउने, भूमिका खेल्ने  सम्पूर्ण पक्ष र निकायहरूलाई चेम्बर अफ कमर्सले धन्यवाद समेत  दिएको छ। साथै आगलागीको घटना प्रति दुख व्यक्त गर्दै क्षतिकाे एकिन विवरण गरि उचित क्षेतिपुर्तिका लागि सम्वन्धित निकायकाे ध्यानाकर्षण गराउछौ चाहान्छाै विज्ञप्तिमा भनिएको छ ।

प्रतिक्रिया दिनुहोस


© 2024 Pradesh Kura. All rights reserved.

Powered By : Clock b Business Technology

data-href="