after_navbar

स्वास्थ्यकर्मी महिला मृत फेका


भदौ ०३, २०८२


बैतडी, ३ भदौ । बैतडीको पुर्चौडी नगरपालिका–१० विजयपुरमा एक महिला मृत फेला परेकी छन्।

ad

२४ वर्षीया भागरथी कुँवर आइतबार बेलुकी आफ्नै कोठामा झुण्डिएको अवस्थामा भेटिएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी निरीक्षक बलराम पाण्डेले जानकारी दिए। मृतक कुँवर विजयपुर स्वास्थ्यचौकीमा कार्यरत अनमी हुन्।

साथीले बेलुकी बोलाउँदा प्रतिक्रिया नदिएपछि कोठा खोल्ने प्रयास गरिएको थियो। ढोका नखुलेपछि घरबेटीलाई खबर गरी ढोका खोल्दा उनी झुण्डिएको अवस्थामा फेला परेकी थिइन्।

इलाका प्रहरी कार्यालय पाटनका प्रहरी प्रमुख प्रहरी निरीक्षक राजेन्द्र साउदका अनुसार भागरथी कुँवरको गत वैशाख महिनामात्रै प्रेम विवाह भएको थियो। उनका श्रीमान नेपाली सेनामा कार्यरत छन्।

प्रतिक्रिया दिनुहोस


© 2024 Pradesh Kura. All rights reserved.

Powered By : Clock b Business Technology

data-href="