body1
after_navbar

तुलसीपुरमा करेन्ट लागेर एक महिलाको मृत्यु


भदौ ०३, २०८२


दाङ, ३ भदौ । दाङको तुलसीपुरमा करेन्ट लागेर एक महिलाको मृत्यु भएको छ।

ad

मृत्यु हुनेमा तुलसीपुर उपमहानगरपालिका–८ कृष्णमन्दिरकी ३५ वर्षीया कविता चौधरी रहेको इलाका प्रहरी कार्यालय तुलसीपुरले जानकारी दिएको छ।

ad

बिहान १० बजे भाँडा माझ्ने क्रममा करेन्ट लागेर घाइते भएकी चौधरीको उपचारका क्रममा राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा मृत्यु भएको प्रहरीले जनाएको छ।

ad

इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक सूर्य रानाका अनुसार मोटर प्रयोग गरी कुवाको पानी तानीरहेको समयमा भाँडा माझ्न जाँदा चौधरीलाई दुबै हातमा करेन्ट लागेको थियो।

ad

तुलसीपुरको दुधेनामा घर निर्माण गर्दै आएका श्रमिकलाई चौधरीले खाना पकाउने काम गर्दै आएकी थिइन्। सो घर निर्माणको ठेक्का लमही नगरपालिका–३ का ४४ वर्षीय खुशीराम चौधरीले लिएका थिए।

स्थानीय जितबहादुर खड्काका अनुसार मृतक चौधरीका श्रीमानको करिब ८/९ वर्षअघि मृत्यु भएको थियो। उनका एक मात्र छोरा छन्।

प्रतिक्रिया दिनुहोस


© 2024 Pradesh Kura. All rights reserved.

Powered By : Clock b Business Technology

data-href="