after_navbar

लागुऔषधसहित सातजना पक्राउ


भदौ ०५, २०८२


काठमाडौँ, ५ भदौ । प्रतिबन्धित लागु औषधसहित प्रहरीले सातजनालाई पक्राउ गरेको छ। प्रहरीले चितवनबाट १७ हजार ४०० थान लागुऔषध ट्रामाडोलसहित सात युवकलाई पक्राउ गरेको हो ।

ad

जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार भरतपुर महानगरपालिका–९ स्थित केन्द्रीय बस टर्मिनल नजिकै आज बिहान उनीहरूलाई नियन्त्रणमा लिइएको हो।

प्रहरी प्रवक्ता रवीन्द्र खनालका अनुसार एक होटलमा बसेर ट्रामाडोल बिक्री गर्दै गरेको अवस्थामा उनीहरू पक्राउ परेका हुन्। पक्राउ परेकामध्ये भारतको विहार राज्य, पश्चिम चम्पारणका एक युवक पनि रहेका छन्।

प्रतिक्रिया दिनुहोस


© 2024 Pradesh Kura. All rights reserved.

Powered By : Clock b Business Technology

data-href="