after_navbar

पहिरोले अरनिको राजमार्ग अवरुद्ध


भदौ ०५, २०८२


काठमाडौँ,५ भदौ । सुख्खा पहिरो खस्दा अरनिको राजमार्ग अवरुद्ध भएको छ। धुलिखेल–खावा सडकखण्डमा सुख्खा पहिरो खस्दा अरनिको राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएको हो।

ad

धुलिखेल नगरपालिका–८ ठकुरीगाउँ चन्दडाँडामा आज बिहान करिब १० बजे खसेको पहिरोका कारण सडक बन्द भएको जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रमुख एसपी कोमल शाहले जानकारी दिए।

सडक अवरुद्ध हुँदा लामो दूरीका सार्वजनिक सवारीसाधन रोकिएका छन् भने यात्रुहरू बाटैमा अलपत्र परेका छन्। पहिरो पन्छाउने कार्यमा प्रहरी र स्थानीयवासी सक्रिय भए पनि सुख्खा माटो र ढुंगाको ठूलो थुप्रो भएकाले सडक पूर्ण रूपमा खुलाउन केही समय लाग्ने अनुमान गरिएको छ।

प्रतिक्रिया दिनुहोस


© 2024 Pradesh Kura. All rights reserved.

Powered By : Clock b Business Technology

data-href="