after_navbar

जीप दुर्घटना हुँदा ११ जना घाइते, चारको अवस्था गम्भीर


भदौ ०५, २०८२


दार्चुला, ५ भदौ । दार्चुलामा जीप दुर्घटना हुँदा ११ जना घाइते भएका छन्। जिल्लाको नौगाड गाउँपालिका–होपरीबाट होपरीगाडतर्फ जाँदै गरेको सुपप्र ०४००१ ज ०१०३ नम्बरको जीप आज बिहान दुर्घटनामा परेको हो।

ad

जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक छत्रबहादुर रावतका अनुसार घाइतेमध्ये चार जनाको अवस्था गम्भीर छ ।

घाइते सबैलाई उद्धार गरी उपचारका लागि गोकुलेश्वर अस्पताल लगिएको छ। गम्भीर घाइते हुनेमा २५ वर्षीया पार्वती टमटा, २६ वर्षीय मोहन ठगुन्ना, १८ वर्षीया अप्सरा महता र ३५ वर्षीय उमेश ठगुन्ना रहेका छन्।

उनका अनुसार चिप्लो बाटोमा ब्रेक नलाग्दा जीप दुर्घटनामा परेको अनुमान गरिएको छ। दुर्घटनामा घाइते भएका जीप चालक लोकेन्द्रसिंह ठगुन्नालाई प्रहरीले नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान सुरु गरेको पनि प्रहरी निरीक्षक रावतले बताए।

प्रतिक्रिया दिनुहोस


© 2024 Pradesh Kura. All rights reserved.

Powered By : Clock b Business Technology

data-href="