after_navbar

तीनजना इन्डोनेसियन नियन्त्रणमा


भदौ ०५, २०८२


काठमाडौं,५ भदौ । अध्यागमन विभागले तीन जना इन्डोनेसियन नागरिकलाई नियन्त्रणमा लिएको छ। भिसाको उद्देश्य विपरीत गतिविधि गरेको आशंकामा उनीहरूलाई ललितपुरको धोबीघाटबाट पक्राउ गरिएको विभागले जनाएको छ।

ad

गृह मन्त्रालयका अनुसार ती नागरिकहरू सन् २०२४ मा नेपाल प्रवेश गरेका थिए। नेपाल प्रवेश गरेकी एक इन्डोनेसियन महिलाले धोबीघाटमा हिमालय शिक्षा तथा हितेसी समाज गर्ल्स होस्टेल सञ्चालन गर्दै आएको पाइएको छ।

विभाग स्रोतका अनुसार, उनले होस्टलमा बस्ने नेपाली युवतीलाई अन्य दुई इन्डोनेसियन महिलामार्फत कुरान र टर्किस भाषा सिकाउँदै मुस्लिम धर्मको प्रचारप्रसार गर्ने गतिविधि चलाएको खुल्न आएको हो।

हाल उनीहरूमाथि थप अनुसन्धान भइरहेको विभागले जनाएको छ।

प्रतिक्रिया दिनुहोस


© 2024 Pradesh Kura. All rights reserved.

Powered By : Clock b Business Technology

data-href="