after_navbar

सल्यानमा जंगली च्याउ खाँदा ६ जना बिरामी


भदौ ०५, २०८२


सल्यान,५ भदौ । सल्यानमा जंगली च्याउ खाँदा ६ जना बिरामी भएका छन्।

जंगलबाट ल्याएको च्याउ पकाएर खाएपछि त्रिवेणी गाउँपालिका–१ काभ्राका २९ वर्षीया देवी बोहरा, उनकी आमा ७७ वर्षीया हर्कली राङ्गमगर, काभ्राकै ५६ वर्षीया पवि बोहरा, उनकी छोरी १५ वर्षीया पवित्रा बोहरा, छोरा २१ वर्षीय लीलाराम बोहरा र शारदा नगरपालिका–४ साइलाकम्तकी पवित्रा बस्नेत बिरामी परेका हुन्।

बिरामी सबैको जिल्ला अस्पताल सल्यानमा उपचार भइरहेको छ। च्याउ खाएपछि उनीहरूमा बान्ता, बारम्बार दिसा लाग्ने, ज्वरो आउने र पेट दुख्ने जस्ता लक्षण देखिएका थिए।

जिल्ला अस्पताल सल्यानका एमडिजिपी डाक्टर तथा स्वास्थ्य सेवा कार्यालय सल्यानका निमित्त प्रमुख बुद्धिनाथ शाहका अनुसार सबै बिरामीको अवस्था सुधार आएको छ। उनले सल्यानमा जंगली च्याउ खाएर बिरामी पर्नेको घटना प्रायः दोहोरिने गरेको जानकारी दिए।

प्रतिक्रिया दिनुहोस


© 2024 Pradesh Kura. All rights reserved.

Powered By : Clock b Business Technology

data-href="