भदौ, ६ ढोरपाटन । बागलुङमा विद्यार्थी सवार भ्यान दुर्घटना हुँदा ६ जना घाइते भएका छन् ।
गलकोट नगरपालिका–५ शिवालय मन्दिर नजिकै आज बिहान गलकोट बहुमुखी क्याम्पसको ग १ झ ७४३ नम्बरको भ्यान दुर्घटना भएको इलाका प्रहरी कार्यालय गलकोटले जनाएको छ।
दुर्घटनामा १८ वर्षीया सुस्मिता विक, १८ वर्षीया प्रमिला विक, २५ वर्षीय मोहोन सिंह सुनार, १९ वर्षीय जीवन खत्री, १९ वर्षीया अमिसा क्षेत्री र १८ वर्षीया सुनिता सापकोटा घाइते भएको प्रहरी सहायक निरीक्षक मनबहादुर कार्कीले जानकारी दिए।
उनीहरूको गलकोट नगर अस्पतालमा उपचार भइरहेको छ। तीव्र गतिका कारण दुर्घटना भएको प्रहरी निरीक्षक कार्कीले बताए।
उक्त भ्यान हरिचौरबाट हटिया जाँदै गर्दा दुर्घटनामा परेको हो।
© 2024 Pradesh Kura. All rights reserved.
Powered By : Clock b Business Technology
प्रतिक्रिया दिनुहोस