दाङ, ७ भदौ । दाङमा खोलामा डुबेर एक बालकको मृत्यु भएको छ।
तुलसीपुर उपमहानगरपालिका–११ सुकौराका ६ वर्षीय रमेश चौधरी शुक्रबार साँझ घर नजिकैको डुरे खोलामा डुबेका थिए।
घटनापछि परिवारले उनलाई उपचारका लागि राप्ती प्रादेशिक अस्पताल तुलसीपुर लगे पनि उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।
प्रहरीले घटनाबारे थप अनुसन्धान भइरहेको जानकारी दिएको छ।
© 2024 Pradesh Kura. All rights reserved.
Powered By : Clock b Business Technology
प्रतिक्रिया दिनुहोस